April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

नेकपाको नाम विवादको मुद्दा पेसीमा चढ्यो*

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई लिएर परेको मुद्दा आज सर्वोच्च अदालतमा पेशीमा चढेको छ ।

Advertisement

तत्कालीन एमाले र माओवादी केन्द्रको पार्टी एकता पछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । ९ कात्तिक २०७५ मा भएको सुनुवाईमा आयोगले नेकपाको पक्षमा फैसला सुनाएको थियो ।

त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च गए । सो मुद्दा सर्वोच्चमा विचाराधीन थियो ।

तर नेकपा फुटेर ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको बेला यो मुद्दा पुनः पेसीमा चढेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको पेसी तोकिएको छ ।

*अपडेट:
नेकपाको नाम विवादको मुद्दा आज सर्वोच्च अदालतमा पेशी चढेर पनि शुरुमै स्थगित भएको छ । पटक-पटक सर्दै आएको सो मद्दाको पेशी आज न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासको पेशीमा एक नम्बरमा थियो । तर सर्वोच्चको पेशी सूचीमा सो मुद्दालाई स्थगित राखेर दोस्रो मुद्दामा सुनुवाई भइरहेको जनाइएको छ ।