April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

नेकपा विवाद केही दिनभित्रै निरुपण हुने

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद अबको केही दिनमै समाधान गर्ने तयारी थालेको छ ।

Advertisement

अब चुनावको तयारी गर्नु नपर्ने र पेस भएका दुवै पक्षका निवेदनहरुमाथि अध्ययन भइरहेकाले छिट्टै विवादको निरुपण गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संवैधानिक व्यवस्था, कानुनी प्रावधान, प्राप्त निवेदनलगायतलाई आधार बनाएर आयोगले अध्ययन अन्तिम चरणमा पुर्याएको छ ।

सरकारले गत पुस ५ गते आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेसँगै आयोगले आन्तरिक तयारलाई तीव्र तुल्याएको थियो । सर्वोच्च अदालतको संसद् पुनःस्थापना गर्ने निर्णयसँगै औपचारिक पत्र प्राप्त नभए पनि आयोगले निर्वाचनका सम्पूर्ण क्रियाकलाप रोकिसकेको छ । निर्वाचन सामग्री खरिदका लागि प्रकाशित बोलपत्र पनि आयोगले रद्द गर्ने क्रममा रहेको बताइएको छ ।

निर्वाचन तयारी क्रममा मतदाता नामावली अद्यावधिक, निर्वाचनस्थल र केन्द्र पुनरावलोकनका काम अन्तिम चरणमा पुर्याएको थियो । ऐनअनुसार निर्वाचन घोषण भएसँगै स्थगन भएको मतदाता नामावली दर्ता कार्यक्रम पनि अब केही समयपछि नै खुला हुनेछ ।