May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

नेपाल ‘सडक मानव मुक्त देश’ बन्दै

पौष २३ । करिब दुई हप्ता अगाडि सुरु भएको बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवको राष्ट्रिय उद्धार कार्यक्रमअन्तर्गत हालसम्म चार सयभन्दा बढीको उद्धार गरिएको छ भने अब छिट्टै सडक मानव मुक्त देश घोषणा गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले दुई साता अघिदेखी संयुक्त रूपमा उद्धार सुरुआतको घोषणा गरेका थिए । सोही रात मानव सेवा आश्रमको ३५ जनाको टोली देशव्यापी उद्धार अभियानमा निस्केको थियो । नेपाल सरकारले आश्रमसँगको सहकार्यमा २०७८ सालमा सडक मानव मुक्त देश नेपाल घोषणा गर्ने तयारी गरिरहेको छ । यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहलाई आश्रमसँग सहकार्य गरी सडकमा कोही पनि व्यक्ति भोको र अशक्त नराख्न सरकारले निर्देशन दिएको छ । सोहीअनुसार स्थानीय तहले आश्रमलाई सडक मानव उद्धारका लागि समन्वय र सहकार्य गरेर सहयोग गर्दै आएका छन् ।

उक्त अभियान अन्तर्गत पूर्वको मेचीदेखि सुरु भएको उद्धार १३ दिनमा चार सयभन्दा बढी अशक्त, सहयोगापेक्षी र मानसिक रोगीलाई सडकबाट उद्धार गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । आफैँले जन्माएका सन्तानको हेलामा परी सडकमा पुगेका वृद्धवृद्धा, मानसिक रोग लागेर परिवारले छाडेका व्यक्ति, माग्ने पेसा अपनाएका, अरू देशबाट आएर सडकमा अलपत्र परेका व्यक्ति बढी भेटिएका अधिकारी बताउँछन् । यो खबर आजको गोरखापत्र दैनिकमा रहेको छ ।

Advertisement