May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

वैशाखमा चुनाव नभए संकटलकाल लागू हुनसक्ने

पौष २२ । आगामी वैशाखमा चुनाव हुने स्थिति आउनु भनेको मुलुक संविधानद्वारा निर्देशित मार्गचित्रबाट बाहिर जानु हुने जानकारहरुको भनाइ छ् । वैशाखदेखि असारको बीचमा पनि चुनाव भएन भने संकटकाल लाग्न सक्छ । दलहरुसँग राजनीतिक सहमति गरेर समस्या सल्टाउन २०६२/६३ देखि संविधान नबन्दासम्मको अवस्थामा समय धकेलिन्छ । त्यतिखेर कि प्रधानमन्त्री केपी ओलीले नै संकटकाल लगाएर झन् निर्मम निर्णय गर्दै जानुपर्यो कि चुनावी सरकार बनाउन भन्दै सबैलाई मान्य हुने साझा व्यक्ति खोज्नुपर्यो । सबैलाई मान्य हुने व्यक्तिलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएर २०६९ मा दलहरुले सत्ता तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सुम्पिएकै थिए ।

यता संविधानको धारा २७३ ले सरकारलाई संकटकालको अधिकार दिएको छ । आफ्नै सत्तामाथि संकट आइपर्दा सदन भंग गरिदिएका ओलीको कदम सर्वोच्चबाट सदर भयो भने उनलाई संकटकाल लगाउन झन् मनोबल बढ्ने छ । संवैधानिक व्वस्थाअनुसार प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रिय सभाबाट संकटकालीन घोषणालाई एक महिनाभित्र अनुमोदन गराउनुपर्छ । याे खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Advertisement