May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

हर्स ट्रेडिङको त्यो राजनीति फेरि फर्काउन सम्भव छैन: ओली

१९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नेपालको नयाँ नक्सामा समेटिएको जमिन विधिवत् ढङ्गले फिर्ता ल्याइने जानकारी गराएका छन् । नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नयाँ पुस्तालाई सुन्दर देश, सुन्दर लोकतन्त्र र विकसित, सभ्य मुलुक सुम्पनुबाहेक आफ्नो व्यक्तिगत स्वार्थ केही नरहेको बताए ।

हिजो राजधानीमा नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित काठमाडौँ जिल्लास्तरीय कार्यकर्ता भेलामा आँधी, तुफान र बाढीझैँ निर्वाचनमा अगाडि बढ्नसमेत कार्यकर्तालाई निर्देशन दिए । प्रचण्ड–नेपालले खास प्रतिगमनको तयारी गर्नुभएको र त्यसलाई रोक्नु आफ्नो बाध्यता भएको स्पष्ट पार्नुहुँदै उनले, थपे, “करिब दुई तिहाइको सरकार ढालेर टालटुल पारेको पुतली सरकार बनाउने तयारी थियो । ‘हर्स टेडिङ’को त्यो राजनीति फेरि फर्काउन सम्भव छैन ।”

विघटित प्रतिनिधि सभा ब्यूँतिन्छ कि ? निर्वाचन हुँदैन कि ? भन्ने भ्रमको पछाडि नलाग्न र दृढतासाथ निर्वाचन तयारीसहित जनताको बीचमा जान कार्यकर्तालाई उनले आह्वान गरे । आन्दोलन, पार्टी र सही विचार जोगाउनु आजको आवश्यकता भएको जोड दिनुहुँदै उहाँले मुलुक र जनताको चिन्ता छाडेर पैसा, परिवार र पदका लागि मरिमेट्नेलाई निर्वाचनमार्फत जनताले ठेगान लगाउने धारणा व्यक्त गरे  । याे खबर आजको गाेरखापत्र दैनिकमा रहेको छ ।

Advertisement