May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

दाहाल–नेपालका कारण काम गर्ने बातावरण थिएन: प्रम ओली

पुस १६ । पुष्पकमल दाहाल र माधवकुमार नेपालले काम गर्न नदिएकै कारण प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जाने निर्णय गर्नुपरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुदूरपश्चिम प्रदेशका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो तिक्तता पोखेका हुन् ।

ओलिले भने, “पुष्पकमल दाहालले सधैं सत्ता र अर्का नेता माधवकुमार नेपालले सम्मान मात्र खोजेर सरकारलाई काम गर्न नदिएको आरोप लगाउँदै प्रतिनिधिसभा विघटन गरेको हो नत्र निर्वाचनमा जाने आफ्नो रहर भएको होइन साथै तोकिएको समयमै निर्वाचन हुनेछ ।” ओलीले पार्टी एकता, संविधान कार्यान्वयन र स्थायित्वका लागि पार्टीमा दाहाल र नेपाललाई दिएको बहुमतको दुरुपयोग भएको बताए । पार्टीभित्र दाहाल र नेपाल समूहसँग बहुमत छ भन्ने कुरा आफूलाई राम्रोसँग जानकारी भएको जिकिर गर्दै ओलीले भने, “त्यो संख्या एकता र यो देश बनाउनका लागि दिइएको थियो ।” विघटित प्रतिनिधिसभा पुनस्र्थापना नहुने जिकिर गर्दै ओलीले निर्वाचन तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले अन्य पार्टीका नेताहरूलाई पनि निर्वाचन तयारीमा जुट्न आग्रह गर्दै प्रतिनिधिसभाको ६४ प्रतिशत बहुमतको सर्वसम्मत नेता आफू भएको र त्यस हिसाबले गरेको विघटन सिफारिस संविधानसम्मत रहेको तर्क अघी सारे । उनले थपे, “बाँकी ३६ प्रतिशतले नयाँ सरकार बन्ने अवस्था छंदै छैन  । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

Advertisement