April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

कोरोनाले गर्दा वैदेशिक रोजगारी अन्योलमै

पुस १५ । वैदेशिक रोजगारीको गन्तव्य मुलुकमा अन्तर्राष्ट्रिय नियमित हवाई उडान सुचारु भए पनि मागपत्र प्रमाणीकरण रोकिएको र पुनः कोरोनाको जोखिम बढ्न थालेकाले रोजगारी अन्योलमा परेको छ । विदेशमा उद्योग, व्यवसाय सुचारु भए पनि लामो समयसम्म मागपत्र प्रमाणीकरण नभएकै कारण नेपाली जान नपाएको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । खाडी मुलुकहरुमा कतारबाहेक अन्य मुलुकमा मागपत्र प्रमाणीकरण अझै गरिएको छैन ।

खाडीका केही मुलुक र अन्य मुलुकले पनि कोरोनाको जोखिम देखापरेको भन्दै अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्ग आवागमन स्थगन गरेसँगै रोजगारीमा थप अन्योल हुने देखिएको हो । कतारमा जाने कामदारको हकमा पनि १४ दिन क्वारेन्टाइनमा आफनै खर्चमा बस्नुपर्ने नियमले कामदारलाई रोजगारीको लागि कतार पठाउन गा¥हो भएको वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेल जानकारी गराएका छन् । कतार जाने कामदारले क्वारेन्टाइनमा बस्नको लागि १४ सय कतारी रियल खर्च गर्नुपर्ने सचिव भुर्तेले बताए । रोजगारदाताले क्वारेन्टाइन खर्च नदिने भएकाले कामदार आफैँले नै खर्चको व्यवस्था गर्नुपर्ने भएकाले कतार जान समस्या देखापरेको उनको ठम्याई छ ।
मागपत्र प्रमाणीकरणको विषयमा परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय लाई मागपत्र प्रमाणीकरण खोलिदिन आग्रह गरे पनि मागपत्र प्रमाणीकरण नभएकाले नेपालमा आउने श्रमिकको माग भारतलगायत अन्य देशमा जाने खतरा रहेको देखिन्छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरे पनि विदेशमा रहेको नेपाली राजदूतावासले कामदारको मागपत्र प्रमाणीकरण गरेका छैन । नेपालीका रोजगारीका गन्तव्य मुलुकमा अझैं कोरोनाको जोखिम रहेको र हतार गरेर श्रमिक पठाउँदा अलपत्र पर्ने समस्या आउने देखिन्छ । यो खबर गोरखापत्र दैनिकमा रहेको छ ।

Advertisement