May 9, 2024, Thursday
२७ बैशाख २०८१, बिहीबार

अविश्वासको प्रस्तावको सामना गर्छु – मुख्यमन्त्री राई

विराटनगर। मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन ।

प्रदेशसभा सचिवालयमा नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले यो कदमलाई संविधान र संघीयता विरोधीको संज्ञा दिएका छन।‘सुनियोजित ढंगबाट परिचालित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र अव्यवस्था निम्त्याउने, संघीयतालाई असफल बनाउने निर्देशित यो अविश्वासको प्रस्ताव दर्ता भएको छ’, मुख्यमन्त्री बताए ।

उनले सुविधाजनक बहुमतका साथ सामना गर्ने समेत बताए । मुख्यमन्त्री राईले विवेक भएका प्रदेश सदस्यहरु भएकाले आफ्नो पद जोगिने दावी गरे। मुख्यमन्त्री राईले यो प्रस्ताव प्रदेशलाई तहसनहस बनाउने चाहनामा आधारित भएकाले यसलाई असफल बनाउन बहुमत सदस्यहरुको साथ पाउने आशा गरेका छन। उनले प्रदेश १ मा अब सर्वदलीय सरकार बन्न सक्ने संकेत गरे। उनले भने ‘यो स्वभाविक र प्राकृतिक जगबाट आएको होइन । त्यसैले प्रदेशसभाको सम्पूर्ण दलहरु छलफल गर्छौ । सबै दलहरु बीचको सहमति बन्छ’,।

Advertisement