May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वामदेव बिच भेटवार्ता

काठमाडौं, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनमा तटस्थ रहँदै आएका उपाध्यक्ष वामदेव गौतमले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन।

Advertisement

खुमलटार स्रोतका अनुसार प्रचण्डलाई भेट्न वामदेव बिहान १० बजेतिर उनको निवास खुमलटार गएका थिए।गौतम र दाहालबीच करिव ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ । भेटवार्ता पुस ५ मा प्रतिनिधिसा विघटनपछिको राजनीतिक घटनाक्रमको समीक्षा र आगामी कदमबारे केन्द्रित रहेको जनाइएको छ ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुने दिन राष्ट्रिय सभा सदस्यसमेत रहेका वामदेव प्रचण्डलाई भेट्न गएका हुन। राष्ट्रिय सभामा नेकपाकै प्रचण्ड नेपाल समूहका सदस्यहरूले प्रतिनिधि सभा विघटनविरूद्ध आवाज उठाउने बताईएको छ ।

नेकपाको तत्कालीन ९ सदस्यीय सचिवालयमध्ये महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा प्रधानमन्त्री ओलीको समूहमा छन भने रामबहादुर थापा केही दिनको अन्यौलपछि ओली समूहमा लागेका छन भने वामदेवले भने अहिलेसम्म आफ्नो कित्ता क्लियर गरेका छैनन।