May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन शुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन शुरु भएको छ ।फागुन २ गते नेकपाले चौथो चरणका कार्यक्रम सार्वजनिक गरेको थियो।

जस अनुसार ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रमु हुनेछन् ।

कार्यक्रम अन्तर्गत भोलि सो समूहले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम आयोजना गरेको छ । तेस्रो चरणको कार्यक्रम फागुन १५ गतेसम्म तय गरिएको छ ।

Advertisement