May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

प्रदेश १ का तीन मन्त्रीद्वारा राजीनामा ,मुख्यमन्त्री राईले बोलाए प्रदेशसभा बैठक

काठमाडाैं ।प्रदेश १ का तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

Advertisement

राजीनामा दिनेहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले रहेका छन ।

यस अघी मुख्यमन्त्री शेरधन राईले शनिबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए । आङ्बोलाई पदमुक्त गरेसँगै प्रदेश १ मा प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

अविश्वास प्रस्ताव दर्ता गर्न प्रचण्ड–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरु विराटनगरमा जम्मा भएर आइतबार नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी भइसकेको छ । प्रदेश सभामा रहेको ९३ सदस्यमध्ये नेकपाका ६७ जना रहेका छन् ।

यस्तै कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना प्रदेशसभा सदस्य छन् । नेकपाका ६७ मध्ये पूर्व एमालेका ५१ र पूर्व माओवादीका १६ प्रदेशसभा सदस्य हुन् ।

मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ ।आज विहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन मन्त्रिपरिषदले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।