May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

काठमाडौं महानगरपालिकाले भोली देखी तीन दिन महानगर दिवस मनाउने

काठमाडौं महानगरपालिकाले महानगर दिवस मनाउने भएको छ । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा महानगरपालिकाले यस वर्ष भोली मंसिर २७ देखि २९ गतेसम्म तीन दिन महानगर दिवस मनाउने निर्णय गरेको हो ।

Advertisement

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले २०५२ सालमा काठमाडौं महानगरपालिका घोषणा गरेदेखि यता हरेक वर्ष मंसिर २९ गतेलाई महानगर दिवसको रूपमा मनाउने गरिएको बताए।

उनले २७ औं महानगर दिवसमा, सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप सुरूआत, तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रम आयोजना गरिने पनि बताए। उनले २७ औँ महानगर दिवसमा, सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप शुरुवात, तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने पनि बताए ।

प्रवक्ता डंगोलले भने, ‘२०५२ सालको मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको थियो । त्यसपछि हरेक वर्षको मंसिर २९ गतेलाई महानगर दिवसको रुपमा मनाउने गरिएको छ । यसक्रममा यो वर्ष २७ औँ महानगर दिवसमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै मंसिर २७, २८ र २९ गते गरी तीन दिन मनाउने निर्णय भएको छ ।