April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

नेपाल टेलिकमले सुरु गर्‍यो राष्ट्रिय जनगणनाको रिङटोन बजाउन

नेपाल टेलिकमले राष्ट्रिय जनगणनाको रिङटोन बजाउन थालेको छ ।

राष्ट्रिय तथ्याङ्क विभागको अनुरोधमा निःशुल्क रुपमा दुरसञ्चार प्राधिकरणले यो सन्देश बजाउन थालेको हो । आजदेखि असोज २० गतेसम्म र कार्तिकमा जनगणना हुने बेला फेरि अर्को चरणमा जनगणना कार्यक्रममा सहभागी हुन आग्रह गरिएको रिङ्टोन बज्ने राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि नेपाल टेलिकम र एनसेलको रिङ्टोनमा कोभिड रोकथाम सम्बन्धी सन्देश बजाउन थालिएको थियो । झन्डै डेढ वर्षपछि मोबाइलमा फरक प्रकारको सन्देश बज्न थालेको हो ।

Advertisement