March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नेपाल टेलिकमको विन्टर अफर

काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि लागू हुने गरी विन्टर अफर ल्याएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुची अनुसार परिमार्जन गरेर विन्टर अफर ल्याएको जनाएको छ।

यस अफर अनतर्गत अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र “सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक समेत उपलब्ध हुने भएको छ । यसअघि कम्पनीले सजिलो अनलिमिटेड प्रिपेड डाटा अफर जारी गरेको थियो भने २८ दिनका लागि ५९९ रुपैयाँमा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ प्याक उपलब्ध गराइरहेको थियो ।

यस प्याकअन्तर्गत ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र प्रतिदिन १ जीबीदेखि ४ जीबीसम्म डाटा पाउनेछन् । यो सेवा अन्तरगत डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिनै इन्टरनेट चलाउन सकिने कम्पनीले बताएको छ । यस्तै, सस्तो प्रिपेड कम्बो प्याकमा २९९ मा अब २८ दिनसम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने छ ।

Advertisement