May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

कर्णालीमा जस्तै परिस्थिति दोहोरिन सक्ने सम्भावनाबारे हामी गम्भीर छौं- प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने बारे सुक्ष्म अध्ययन भइरहेको जनाएको छ ।

Advertisement

क–कसलाई कारवाही अघि बढाउने भन्ने प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमिटीलाई दिइएको महाधिवेशन आयोजक कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमाले महाधिवेशन आयोजक कमिटीको बैठकबारे जानकारी गराउँदै एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्पष्टीकरण बुझाएका सांसदहरूबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको बताउनुभयो । आजको बैठकले कारवाही सम्बन्धी कुनै निर्णय नलिएको समेत उहाँले बताउनुभयो ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने देखि कर्णालीमा जस्तै परिस्थिति दोहोरिन सक्ने सम्भावनाबारे हामी गम्भीर छौं । त्यस्तो परिस्थिति आउन नदिन आवश्यक सबै कदम चाल्नेछौं’, ज्ञवालीले पत्रकारहरूसँग भन्नुभयो । यसैबीच, बैठकले कोरोनाविरुद्धको लडाइँमा सिंगो पार्टी पंक्तिलाई सक्रिय बनाउने निर्णय समेत गरेको छ ।