May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

मन्त्री राजीव गुरुङको अभिव्यक्तिबारे एमालेले माग्यो प्रदेश सरकारको धारणा

गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जबाफ मागेको छ ।

मन्त्री गुरुङले केही दिनअघि प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा एमालेका सचेतक माथानाथ अधिकारीले मन्त्री गुरुङको अभिव्यक्ति सरकारको धारणा हो कि मन्त्रीको भनी प्रश्न गरे ।

प्रमुख सचेतक अधिकारीले हाम्रो सरकार बन्यो, सबको हिसाब किताब हुन्छ भन्दै धम्की दिन थालिएको बताए । केही दिनअधि कांग्रेस सांसद् मेखलाल श्रेष्ठले प्रदेश प्रमुख कार्यालय जाँदा रोक्ने प्रहरी निरीक्षकलाई हिसाबकिताब हुने धम्की दिएका थिए ।

Advertisement