May 9, 2024, Thursday
२७ बैशाख २०८१, बिहीबार

देउवाले बोलाए पदाधिकारी बैठक, केन्द्रीय समिति भोलि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।


उनले आज दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएका हुन। पार्टी सभापति देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन र केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल हुने छ ।

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेपछि उक्त स्थानमा जेठ ६ गतेका लागि उप निर्वाचनका मिति तय गरिएको छ । समसामयिक राजनीतिक घटनाक्रम, जेठ ६ मा एक सिटका लागि हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको हो।कांग्रेसले बागमती प्रदेशको रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि आफ्नो उम्मेदवार जिताउन अन्य दलसँग सहकार्य गर्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक भने सोमबार दिउँसो २ बजे सानेपामा बस्दैछ ।

Advertisement