April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

माडीबाट प्रचण्डको दावी- केन्द्रमा नयाँ कायापलट हुँदैछ, अब धेरै दिन सरकार टिक्ने छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्णाली प्रदेश सरकार गिराउने प्रयास असफल भएसँगै औपचारिकरुपमा प्रधानमन्त्री केपी शर्मा ओलिको हारको सुरुआत भएको दाबी गरे।

Advertisement

चितवनमा माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै प्रचण्डले भने, ‘अब गण्डकी र लुम्बिनी प्रदेशमा पनि हार व्योहोर्दै छन्। ती प्रदेशमा भन्दा पहिले संघमा हार्न पनि सक्छन्,’ उनले भने, ‘प्रतिगमन धेरै दिन टिक्दैन।’पूर्वप्रधानमन्त्री प्रचण्डले प्रचण्डलाई सडकमा पु¥याएँ भनेर धेरै खुसी हुनु आवश्यक नरहेको भन्दै बाजी आफूहरुले जितिसकेको बताए।

प्रचण्डले भने, ‘केन्द्रमा नयाँ कायापलट हुँदैछ । अब धेरै दिन सरकार टिक्ने छैन । कर्णालीमा देखिहाल्नुभो । केही दिनभित्रै नयाँ समाचार सुन्नुहुनेछ ।’पार्टी एकता, बाम गठबन्धन र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने क्रममा आफूनै प्रस्तावक रहेता पनि ओलीले धोका दिएको भन्दै प्रचण्डले ओली नेतृत्वको सरकार धेरै नटिक्ने बताए। ‘राजनीतिक तुवाँलो धेरै समय रहँदैन अब तुवाँलो फाटेर उज्यालो सुरु हुन्छ,’ उनले भने।

नयाँ सरकार आएपछि नयाँ युगको शुरूआत हुने प्रचण्डकको भनाइ थियो । हिजो असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध उभिएका सबै राजनीतिक दलहरू मिलेर जनपक्षीय सरकारमा जान जरुरी रहेको उनले औंल्याए ।

गणतन्त्रमाथि हमला गर्ने दुस्साहस भइरहेको भन्दै दाहालले भने, ‘७० वर्ष लामो आन्दोलनका उपलब्धिमाथि प्रतिक्रियावादी शक्तिहरू इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन् ।’