May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

ओलीले बोलाए एमाले महाधिवेशन आयोजक कमिटीको बैठक

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन ।प्रधानमन्त्री ओलीले बैशाख ६ र ७ गतेका लागि बैठक बोलाएका हुन् ।

Advertisement

यद्यपि, एमाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरी पार्टी अध्यक्ष र महासचिवमात्र पदाधिकारी राखिएको छ । एमालेको केन्द्रीय कमिटीको दशौँ, एघारौँ र बाह्रौँ बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको हो ।

बैठकले समसायिक विषयमा पार्टीको धारणा तय गर्नुका साथै पार्टीको आन्तरिक कार्यबिभाजनसमेत गर्ने कार्यसूची रहेको बतायिएको छ । यसअघि एमालेको केन्द्रीय कमिटीको दशौं, एघारौं र बाह्रौं बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरी पार्टीमा अध्यक्ष र महासचिवमात्र पदाधिकारी रहने ब्यवस्था गरेको थियो भने प्रदेश र इञ्चार्ज र अध्यक्ष–सचिव हेरफेर गरेको थियो ।

बैशाख ६ र ७ गते बस्ने बैठकले बिशेष निर्णय लिने एमाले नेताहरुले बताएका छन । बैठकले एमालेको स्थायी कमिटी गठन गर्ने सम्भावना छ । यसअघिको बैठकले स्थायी कमिटीको नाम तय गरी केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललाई दिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेकपा एमालेमा पछिल्लो समय चुलिएको विवादलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।