May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

एमाले बिभाजन तर्फ – दुई समूहको छुट्टाछुट्टै बैठक

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुई समूहले आज छुट्टाछुट्टै बैठक गर्दैछन्। झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त समूहका एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ।

Advertisement

बैठकमा नेपाल समूहका सांसदहरुले अबको कदमबारे छलफल गर्नेछन् । एमालेको नेपाल समूहभित्र राजीनामा दिएर भएपनि नयाँ ढंगले बढ्नुपर्ने या पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने दुईवटा धार छ । आजको बैठकले कुन धार पक्रेला चासो बनेको छ ।आजको बैठकमा सहभागी हुने या नहुने नेपाल समूहका सांसदहरुको विहान बस्ने बैठकले तय गर्नेछ ।

आजको घटनाले एमालेभित्रको राजनीतिलाई पनि नयाँ मोड दिने बुझिएको छ ।पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेपाल समूहले आफू निकट केन्द्रीय सदस्यको बैठक बोलाएको हो । कलंकीको एक होटलमा बस्ने बैठकमा काठमाडौंमा उपलब्ध आफू पक्षीय केन्द्रीय सदस्यलाई बोलाइएको माधवन नेपाल निकट केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए।

सर्वोच्च अदालतले नेकपा खारेज गरी एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएपछि माधव नेपाल समूहले त्यो निर्णय खारेज गर्नु पर्ने र जेठ दुई गतेको पुरोनो कमिटीको बैठक बोलाउनु पर्ने माग राख्दै आएको छ।

तर ओली समूहले नेपाल समूहको मागलाई अस्वीकार गर्दै आएको छ।एमाले पूर्ववत अवस्थमा फर्किएपछि माधव नेपाल समूहले समानान्तर कमिटी गठन गरेको भन्दै नेपालसहित चार जना नेतालाई स्पष्टीकरण सोधेको थियो। चारै जनाले नेताले बिहीबार स्पष्टीकरण बुझाएका छन्।

उता अध्यक्ष ओलीले भने आजै संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक डाकिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

‘बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा कुराकानी हुन्छ’, भट्टराईले भने।प्रतिनिधिसभामा पार्टीका सांसदहरुको भूमिकाका बारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको भट्टराईले जानकारी दिए।


फागनु २३ गते सर्वोच्च अदालतले नेकपा एमाले पुनःस्थापना गरेपछि तीन पटक दलको बैठक बसेको छ।बालुवाटारमा हुने संसदीय दलको बैठकमा आफूहरू सहभागी नहुने खनाल-नेपाल समूहले बताएको छ।