May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

पार्टी कार्यालयमा ओली समर्थकले नेकपाको बोर्ड हटाएर राखे एमालेको बोर्ड

विराटनगर । सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई अमान्य भन्दै साबिककै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँत्याएपछि ओली समूहका कार्यकर्ता उत्साहित बनेका छन् । उनीहरुले विराटनगरमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् ।

Advertisement

सोमबार संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् ।

विराटनगर महानगरपालिका–११ पाञ्चालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय थियो । नेकपा विभाजनपछि सो कार्यालयमा ओली समूहले गतिविधि गर्दै आएको थियो ।

सर्वोच्चको फैसलापछि सोमबार मदन स्मृति भवनमा नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखिएको छ । पार्टी एकताअघि सो कार्यालय नेकपा एमालेको नै थियो ।