May 9, 2024, Thursday
२७ बैशाख २०८१, बिहीबार

प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार दिउँसो १ बजेका लागि सिंहदरबारमा दलको बैठक बोलाएको छ । संसद पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले संसदीय दलको बैठक बोलाएका छन् ।

Advertisement

आइतबार बस्ने प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा दुवै नेकपाले संसदीय दलको बैठक बोलाएका हुन् । नेकपा प्रचण्ड–माधव पक्षलेआज दिउँसो १ बजेका लागि सिंहदरबारमा दलको बैठक बोलाएको छ भने ओली पक्षले आइतबार ३ बजे दलको बैठक डाकेको छ ।

प्रचण्ड–माधव पक्षले आज बोलाएको बैठकमा प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने नेताहरुले बताएका छन् । सो पक्षले यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरेपनि उक्त प्रस्ताव अघि बढाउने वा फिर्ता लिएर अर्को प्रक्रियामा जाने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

नेकपा प्रचण्ड–माधव पक्षले बोलाएको बैठकमा उपस्थित सांसद संख्याको आधारमा ओली विरुद्धको अविश्वासको प्रस्तावको आगामी बाटो तय हुने अनुमान गरिएको छ ।