May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

नेकपाको प्रचण्ड-माधव समूहले गर्‍यो नेम्वाङसहित ७ नेता निलम्बन

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई जिम्मेवारबाट हटाउने निर्णय गरेको हो।

त्यस्तै नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए ।उनीहरुले पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाही गरेको प्रचण्ड-माधव समूहको भनाइ छ ।अन्य सदस्यहरुलाई पार्टी विरोधी गतिविधि नगर्न सचेत गराइएको छ।

Advertisement