May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

बिदेसी चलखेल सुरु, शेरबहादुर देउवा, चीन र भारतका राजदूतबिच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ र भारतीय राजदूतले भेटेका छन् । नेपालमा नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत बुढानिलकण्ठ पुगेर देउवालाई भेटे चीन र भारतका राजदूतलेले देउवासँग बिहीबार अपरान्ह फरक-फरक समयमा भेटवार्ता गरेका हुन्।

Advertisement

देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरूले भेटवार्ता गरे पनि के कुराकानी भयो भन्नेबारे खुलेको छैन। नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसँग भेटपछि राजदूत यान्छीले देउवासँग भेटवार्ता गरेको काँग्रेस स्रोतले जनाएको छ ।प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राजनीतिको केन्द्रमा फेरि देउवा आइपुगेका छन्। नेकपाका दुबै पक्षले देउवासँग भावी सत्ता समिकरणमा सहयोग मागेका छन्।

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि राजनीतिक दलहरु नयाँ सरकार निर्माणको कसरतमा जुटेका बेला राजदूतद्वयले सक्रियता बढाएको देखिन्छ । स्रोतका अनुसार दुवै राजदूतले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा देउवासँग छलफल गरेका थिए ।

यो विषयमा चीनको औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन भने भारतले दुबै घटनापछि यो नेपालको आन्तरिक मामिला भएको जनाएको छ। नेकपा विभाजन रोक्ने प्रयासमा असफल भएपछि पछिल्लो समय चीनले काँग्रेससँग सम्बन्ध विस्तारमा जोड दिएको छ । नेपालमा सरकार परिवर्तन हुन लागेका बेला दुई छिमेकी मुलुकका दूतहरूले देउवालाई भेट्नु अर्थपूर्ण रुपमा हेरिएको छ।