May 1, 2024, Wednesday
१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री राजीनामा देऊ,ओली र प्रचण्ड तत्काल पार्टी सचिवालयको बैठक बोलाउ – वामदेव गौतम

काठमाडौं । विभाजित नेकपा एकता अभियानका संयोजक तथा पार्टी उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् साथै ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् ।

Advertisement

संसद विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न गौतमले सचिवालय बैठक बोलाउन माग गरेका हुन् । प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’

गौतमले बुधवार प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीले ढिला नगरी राजीनामा दिनुपर्ने र राष्ट्रपतिले प्रेस विज्ञप्तिमार्फत अदालतको निर्णयको स्वागत गर्दै प्रतिनिधिसभा वैठक आह्वान गर्नुपर्ने बताएका हुन् ।

गौतमले नेकपा विभाजनलाई अश्वीकार गर्दै दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाउन अनुरोध समेत गरेका छन् ।