May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

अवको कुनैपनि बेला संविधान मिच्ने कदम सच्चिने र संसद पुनःस्थापना हुन्छ – प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

Advertisement

२० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रममा प्रचण्डले भेरभोलि नै फैसला आउने बताए । ‘संवैधानिक निकायहरुले संविधानको मर्म र भावना अनुसार काम गर्नेछन् भन्ने विश्वास छ’ उनले अघि भने, ‘अब कुनै पनि बेला संविधान मिच्ने, संविधान र संसदलाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम सच्चिन्छ । संसद पुनर्स्थापना हुन्छ भन्ने पूरा विश्वास छ । उनले अहिले पनि आफूहरू युद्धमा रहेको टिप्पणी गरेका छन् । तर, त्यो युद्ध रक्तपातहीन रहेको उनको भनाइ छ ।

‘हामी अहिले जनयुद्ध र जनआन्दोलनका उपलब्धि अपहरण गर्न खोज्नेविरुद्ध एक प्रकारको युद्धमा छौं,’ मंगलबार ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोन गर्दै प्रचण्डले भने, ‘हामी रक्तपातहीन युद्धमा छौं । अहिले युद्ध हामीले जित्नुछ ।’

प्रचण्डले माओवादी युद्धलाई पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न लडेको युद्धपछिको सबैभन्दा ठूलो परिघटना भएको व्याख्या गरे। ‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न युद्ध लडेपछिको ठूलो घटना जनयुद्ध नै हो,’ उनको भनाइ छ, ‘यसले देशलाई युगान्तकारी परिवर्तन ल्याउन मुख्य भूमिका खेलेको हो ।

तर, मानिसहरुलाई यो कुरा स्वीकार गर्न गाह्रो छ । किनभने हामी पुरै जितेर आएको होइन । हामी सम्झौता गरेर आयौं । उनले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेका मुद्दाको फैसला आउने अन्तिम चरणमा रहेको भन्दै त्यो फैसलाले अवको कुनैपनि बेला संविधान मिच्ने कदम सच्चिने र संसद पुनःस्थापना हुन्छ भन्नेमा आफू विश्वस्त रहेको बताए ।


‘अहिले हामी गएको पुस ५ देखि अर्को युद्धमा छौँ । जव संसदलाई संविधानको मर्म र भावनाविपरित विघटन गरियो । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरियो त्यसका विरुद्ध युद्धमा छौँ, तर रक्तपातहीन र शान्तिपुर्ण युद्धमा’, उनले भने ।