May 1, 2024, Wednesday
१९ बैशाख २०८१, बुधबार

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले फागुन १ गते देशभर जनयुद्ध दिवस मनाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले फागुन १ गते देशभर जनयुद्ध दिवस मनाउने भएको छ।

Advertisement


जनयुद्ध दिवस मनाउन केन्द्रीय कार्यालयबाट सबै जिल्लामा सर्कुलेसन गरिएको छ। सहिद स्मृति तथा सम्मान कर्यक्रमको ब्यानरमा आफ्नो अनुकूलतामा सबै जिल्लालाई जनयुद्ध दिवस मनाउन भनिएको केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए ।

त्यस्तै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रको तर्फबाट कार्यक्रम आयोजना गरिएको शर्माले बताए । केपी शर्मा ओली नेतृत्वको नेकपाले भने पार्टीका तर्फबाट कुनै कार्यक्रम राखेको छैन। फागुन १ गते पार्टीका तर्फबाट कुनै कार्यक्रम नरहेको ओली समूहको एक केन्द्रिय सदस्यले बताए ।

तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेबाट सशस्त्र द्वन्द्व थालेको थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि पनि सोही दिनको सम्झनामा जनयुद्ध दिवस मनाइन्छ।