April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

धितोपत्र बोर्डद्वारा ४३ लाख ५० हजार कित्ता आईपीओ स्वीकृत, सिंगटी हाईड्रोले पनि पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपिओ स्वीकृत गरेको छ ।

Advertisement

बोर्डमा आवेदन दिएको सिंगटी हाईड्रो इनर्जी कम्पनीको आईपिओ पनि मंगलबार स्वीकृत भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । सिंगटी हाईड्रो इनर्जीको कूल १ अर्ब ४५ करोड चुक्ता पुँजिको ३० प्रतिशत प्राथमिक शेयर सर्वसाधारणलाई वितरण गर्न बोर्डले अनुमति दिएको हो ।

कम्पनीसँग कूल जारी पुँजिको ७० प्रतिशत अर्थात १ अर्ब १ करोड ५० लाख रुपैयाँको शेयर संस्थापक शेयरधनीहरुले लिइसकेका छन् । आईपिओ जारी गरे पश्चात कम्पनीको चुक्ता पुँजि १ अर्ब ४५ करोड पुग्नेछ ।

बोर्डले यसअघि स्वीकृत गरेको आठ अर्ब रुपैयाँ भन्दा बढिको दुई आईपिओ पाईप लाईनमै छन् । चन्द्रागिरी हिल्सको आईपिओ पुस २४ गतेदेखि खुल्दैछ भने नेपाल पूर्वाधार बैंकको आईपिओ माघ २ गतेदेखि खुल्दैछ ।

बुधबार स्वीकृती पाएका आईपिओ माघ १० गतेपछि जारी हुनसक्ने सम्भावना छ ।