May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

नेप्सेले कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

मंगलबार नेप्से २८.५९ अंकले बढेर २२६८.२ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

यद्यपि, कारोबार रकम भने घटेको छ । मंगलबार ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये एउटा समूह घटेको छ भने अन्य ११ वटा समूह बढेका छन् ।

Advertisement