May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ आजदेखि हुने

पौष २२ । प्रतिनिधि सभा विघटनविद्धको मुद्दामा आजदेखि सुनुवाई गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो । उक्त कदम असंवैधानिक भन्दै दायर गरेको रिटमाथी संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाई पछि अदालतले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखसँग जवाफ माग गरेको थियो ।

सर्वोच्चको आदेश अनुसार राष्ट्रपति,प्रधानमन्त्री र सभामुखले आ आफ्नो लिखिति जवाफ पेश गरिसक्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा गठित संवैधानिक इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ,अनिलकुमार सिन्हा र तेजवहादुर केसी सदस्य हुनुहुन्छ भने अदालतलाई सघाउन सर्वोच्चले एमिकस क्युरी पनि माग गरेकोमा बरिष्ठ अधिवक्ताहरु बद्रीवहादुर कार्की, शतिसकृष्ण खरेल, बिजयकान्त मैनाली, पुर्णमान शाक्य र गीता पाठक संग्रौला रहेको एमिकस क्युरी गठन समेत भइसकेको जनाइएको छ ।

Advertisement