May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

केपी ओली दोस्रो जंगबहादुर बन्न खोज्दैछन्ः कृष्ण पहाडी

काठमाडौं । मानवअधिकारवादी नेता कृष्ण पहाडीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को जंगबहादुर बन्ने प्रयास गरेको आरोप लगाएका छन् । ओलीको यो कदमले अस्थिरता निम्त्याएपछि विदेशी र राजावादीले फाइदा उठाउन थालेको समेत टिप्पणी गरेका छन् ।

Advertisement

‘केपी ओली दोस्रो जंगबहादुर बन्न खोज्दैछन्,’ पहाडीले भने, ‘संसद विघटन गराउने उनको कदमले भारत र चीनले हस्तक्षेप गरेका छन् । विप्लव र राजावादीले समेत यसको फाइदा उठाउन थाले ।’

सर्वोच्च अदालतले यो विघटनको पैmसलालाई मान्यता दिए गलत नजीर स्थापना भइ अन्यले पनि सोही परम्परा पछ्याउने खतरा रहेको समेत उनले औंल्याए । उनले पार्टीको किचलोका कारण संसद विघटन गरेको भन्ने केपी ओलीको स्पष्टीकरणको कडा आलोचना समेत गरे ।

“संसदमा अविश्वासको प्रस्ताव आउँछ भन्ने थाहा पाउनासाथ उनले संसद विघटन गरे, आफ्नो पार्टीलाई पनि छोडेनन् र संसदलाई पनि छोडेनन्,” पहाडीले भने, “सबै किसिमको संसदीय विकल्पको प्रावधान छोडेर उनले संसद विघटन गरेका छन् । एकतिरबाट मात्रै ४० प्रतिशत भए पार्टी फुटाउन सक्ने जस्तो प्रावधान ल्याए । तर, ओलीमात्र होइन माधवकुमार नेपाल र पुष्प कमल दाहाल प्रचण्ड पनि यसका दोषी हुन् ।”

प्रतिनिधिसभामा पराजित भएका व्यक्ति मन्त्री हुन नसक्ने प्रावधानलाई उल्लंघन गर्दै हारेका व्यक्तिलाई पनि ओलीले मन्त्रीमा नियुक्ती दिएको तर्क गर्दै पहाडीले कसैले पनि संसद पुनःस्थापना गर्न सक्दैन भन्ने केपी ओलीको भनाइले अदालतकै मानहानी भएको बताए ।