May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

प्रचण्ड र माधव नेपालहरुको अब जेलको बास हुन्छ : ऐन महर

काठमाडौं । [ओलीपक्ष]नेकपा निकट अनेरास्ववियूका संयोजक ऐन महरले प्रचण्ड र माधव नेपालहरु अब जेलको बास हुने चेतावनी दिएका छन् ।

ओली पक्षधर नेकपाको सुदूरपश्चिम प्रादेशिक भेलाको उद्घोषक रहेका महरले एस्तो बताएका हुन। महरले भने,‘प्रचण्ड र माधव नेपालहरु आज सदनबाट सडकमा पुगेका छन् । उनीहरु आफ्नै कर्मले त्यहाँ पुगेका हुन् । केपी ओलीको नेतृत्वमा मुलुक अघि बढ्दै जाँदा उनीहरुको बास अब जेलका कोठरीमा हुनेछ । हामी उनीहरुलाई जेलमा पुर्‍याउँछौ ।’प्रचण्डपथले नेकपा सिध्याएको र मुलुक सिध्याउन लागेको भन्दै महरले प्रचण्डले अहिले नेकपामा महाविपत्ति ल्याएको बताए ।

Advertisement