May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

केपी ओली तानाशाह होः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तानाशाहको संज्ञा दिएका छन् ।

Advertisement

‘ओली तानाशाह हुन्,’ उनले भने, ‘उहाँले मुलुकलाई भड्खालोमा हाल्दै हुनुहुन्छ ।’

प्रदर्शनीमार्गमा आयोजीत विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीलाई तानशाहको संज्ञा दिएका हुन् ।

यस्तै उनले जनतासँग माफी पनि मागेका छन् । आफूहरूको पार्टीबाट बनाइएको प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर प्रतिनिधि सभा भंग गरेको भन्दै उनले जनतासँग माफी मागेका हुन् ।

आफूले वामगठबन्धन गरेका बेला यति छिटै ओलीविरूद्ध आन्दोलनमा जानु पर्ला भन्ने नसोचेको पनि प्रचण्डले बताए ।

‘यति चाँडै ओली प्रतिगमनविरूद्ध सडकमा आउनुपर्छ भन्ने वामगठबन्धन गर्दा सोचेको पनि थिइनँ,’ विरोध सभामा प्रचण्डले भने, ‘ओली सच्चिनुभयो होला भनेको सच्चिनु भएको रहेनछ । कम्युनिस्ट पार्टीबाट बनाइएका अध्यक्ष र प्रधानमन्त्रीले यस्तो गर्नुहोला भनेर सोचेका थिएनौं । माफी चाहन्छौं ।’

प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र विरोधी भएकोसमेत उनले आरोप लगाएका छन् । प्रतिनिधि सभा अझै भंग नभएको पनि उनले बताए ।