April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

आधिकारिक नेकपा हामी हौंः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान तथा कानूनका आधारमा आफूहरु आधिकारिक नेकपा भएको दावी गरेका छन् ।

Advertisement

माइतीघर मण्डलाबाट यालीसहित निर्वाचन आयोग पुगेर प्रचण्डले यस्तो दावी गरेका हुन् । उनले पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन निर्वाचन आयोगलाई आग्रह पनि गरेका छन् ।

पार्टी दर्ता गर्दाको विधान, केन्द्रीय कमिटी संख्या र ती सदस्यहरुको विवरण आयोगमा भएको र त्यसैका आधारमा नेकपा र निर्वाचन चिन्ह सूर्य आफूहरुको भएको उनले बताएका छन् ।

‘पार्टी एकीकरण गर्दा बनेको ४४१ जना र पछि थपिएका चार जनामध्ये अहिले हामी ३१५ जना छौं । सशरीर बोलाउनुभयो भने पनि हामी उपस्थित हुन तयार छौं’, प्रचण्डले भनेका छन् ।

नेकपा विभाजन अगाडिका एक सय जनाले ११ सय बढी सदस्य संख्या पुयाउँदैमा वैधानिकता नपाउने प्रचण्डले बताएका छन् ।

आफुहरुसँग पार्टी विभाजनको अनुभव भएको बताउँदै प्रचण्डले आयोगले परम्परा, विधान र ऐनअनुसार निर्णय लिने अपेक्षा रहेको जिकिर गरे । त्यसका लागि आवश्यक समन्वय गर्न तयार रहेको पनि उनले बताएका छन् ।