May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

सञ्चालनमा आयो नेपाल टेलिकमको मोबाइल नेटवर्क

बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज गर्न समस्या देखिएको थियो । टेलिकमका मोबाइलहरुमा विद्युतिय माध्यमबाट रिचार्ज भएकाे थिएन । बिहानैदेखि फोन नलाग्नुका साथै एसएमएस पनि डेलिभर भएको थिएन् । मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँथ्यो ।

तर रिचार्ड कार्डबाट भने रिचार्ज भइरहेको थियो। इसेवा, खल्ती, मोबाइल बैंकिङजस्ता माध्यमबाट भने रिचार्ज भएको थिएन । झण्डै २ घण्टापछि नेपाल टेलिकमको मोबाइल नेटवर्क सञ्चालनमा आएको छ । नेपाल टेलिकमले प्राविधिक समस्याले नेटवर्कमा समस्या देखिएको जनाउँदै अहिले समस्या समाधान भएको जानकारी दिएको छ ।

एचएलआर नेटवर्कमा समस्या आएको र प्राविधिक टिमले सो समस्या समाधान गरिसकेको नेपाल टेलिकमका प्रबनध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

Advertisement