April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

उत्कृष्ट कारोबार गरेबापत राष्ट्रिय वाणिज्य बैंकद्वारा राससलाई सम्मान

उत्कृष्ट निक्षेप कारोबार गरेबापत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रिय समाचार समिति९रासस०लाई सम्मान गरेको छ । बैंकको शाखा कार्यालय थापाथली र टेकुले आज यहाँ संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने ग्राहकलाई सम्मान गरेको हो ।

Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब कार्यकारी अधिकृत कविराज अधिकारीलगायतले राससका प्रमुख समाचारदाता कृष्ण अधिकारीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । राससले लामो समयदेखि बैंकको थापाथली शाखामार्फत निक्षेप कारोबार गर्दै आएको छ ।

सो अवसरमा थापाथली तथा टेकू शाखामार्फत उत्कृष्ट कारोबार गर्ने सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, व्यावसायिक घराना एवम् व्यक्तिगत ग्राहकले गर्नुभएको उत्कृष्ट निक्षेप कारोबारको मूल्याङ्कन गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकलाई विश्वसनीय र प्रतिस्पर्धी ढङ्गबाट प्रभावकारीरूपमा सेवा दिँदै आएको र आगामी दिनमा पनि यसका सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले बैंक र निक्षेपकर्ता एकअर्काको परिपूरक र सहयोगी रहेकाले गहिरो सम्बन्ध रहेको बताउनुभयो ।

नायब कार्यकारी अधिकृत अधिकारी र थापाथली शाखाका प्रबन्धक विक्रममान श्रेष्ठले पनि बैंकका थापाथली र टेकु शाखाले सबैभन्दा बढी निक्षेप सङ्कलन गर्न सफल भएको बताउनुभयो । निक्षेपकर्ताको तर्फबाट कृष्ण कँडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष एवम् गीतकार कृष्ण कँडेलले अन्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको सेवा निकै चुस्त दुरुस्त रहेको बताउनुभयो ।