May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

नबिल बैंकले ३८ प्रतिशत लाभांश वितरण गर्ने

नबिल बैंकले अधिकतम ३८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश दिने भएको हो ।

मंगलबार बसेको बैक संचालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । बैंकले घोषणा गरेको लाभांश चार बर्षयताकै उच्च हो। यद्यपि, लाभांश भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्रदान भएपछि साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरूमा वितरण हुनेछ ।

Advertisement