April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

नबिल बैंकद्वारा सामाजिक उद्यमशीलताका “स्कुल अफ सोसल इन्टरपेनरसि कार्यक्रम” सुरू

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसिप’ कार्यक्रमको प्रारम्भ गरेको छ । समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढुवा दिनका लागि यो कार्यक्रम सुरु गरिएकोबैंकले बताएको हो।

Advertisement

स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रबद्र्धन गर्ने उद्देश्यका साथ नबिल एसएसईले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोसिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ । सुरुआती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका विभिन्न स्कुल/कलेज तथा विश्वबिद्यालयसँग सम्झौता गरेको छ।

बैंकले प्रदेश १ को महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश नम्बर २ को बीरगञ्ज पब्लिक कलेज, बागमती प्रदेशको काम्पिएन कलेज, गण्डकी प्रदेशको फ्याकल्टी अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, पोखरा विश्वविद्यालय, लुम्बिनी प्रदेशको क्षितिज इन्टरनेशनल कलेज, कर्णाली प्रदेशको सुर्खेत मोडल कलेज र सुदूर पश्चिमाञ्चल प्रदेशको सुदूर पश्चिमाञ्चल एकेडेमीमा यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर प्रदान गर्ने नबिल बैंकले जनाएको छ । त्यसैगरी फेलोसिप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ब्यबस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता बैंकले आजै गरेको छ ।

त्यसैगरी फेलोशीप कार्यक्रम आवासीय तालिममा आधारित हुने जनाइएको छ । जसका लागि बैंकले काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ब्यबस्थापन संकायको स्कुल अफ म्यानेजमेन्ट सँग सम्झौता गरेको छ । यसै गरी एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० सहभागिलाई संलग्न गराउँने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।

यो कार्यक्रममा सहभागि हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइने जनाइएको छ । उनिहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ । संभाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यी दुबै मध्ये कुनै एक कार्यक्रममा सहभागि हुन सक्नेछन् ।

नबिल एसएसईका दुबै कोर्स पुरा गरेको व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम शुरुवात गर्न सक्ने अपेक्षा गरिएको छ । उनिहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, उर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्नेछन् ।

सहभागिहरुले सामाजिक उद्यम संचालनको तरिका संगै आधारभूत कानूनी तथा कर सम्बन्धीका ज्ञान पनि पाउँनेछन् । उनीहरुले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक संजाल मार्फत आफ्नो व्यवसाय प्रबद्र्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय संचालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप पाउँनेछन् ।