May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवाली

मनोज ज्ञवाली नबिल बैंकमा महाप्रबन्धक (जनरल म्यानेजर) पदमा नियुक्त भएका छन् । बैंकले बुधबारदेखि लागू हुने गरी उक्त पदमा ज्ञवालीलाई नियुक्त गरेको हो ।

नबिल बैंक प्रवेश गरेको १४ महिनामै बैंकर  ज्ञवाली महाप्रबन्धक(जिएम)मा बढुवा भएका हुन। लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय ज्ञवालीले ज्योति बिकास बैंकअघि ग्लोबल आइएमई बैंकमा पनि काम गरेका थिए । राष्ट्र बैंकमा ७ वर्ष काम गरेका उनले दी इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ इण्डिया (आइसीएआई)बाट सिए उत्तिर्ण गरेका छन् । नबिल बैंकको सञ्चालक समितिले ज्ञवालीलाई जीएममा बढुवा गर्ने निर्णय गरेको हो ।

 

Advertisement