May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि नबिल बैंकले गर्यो गल्छी गाउँपालिकासँग साझेदारी

दिगो बैंकिङ्ग अंर्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि धादिङको गल्छी गाउँपालिकामा नबिल बैंकले वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्ने समझदारी गरेको छ । गल्छी गाउँपालिकामा नबिल बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

Advertisement