May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

डिजिटल बैंकिङ्: ग्वार्को तरकारी बजारमा कुमारी बैंकको क्युआर कोड सेवा विस्तार

ललितपुर । कुमारी बैंकले ललितपुरको ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारका व्यवसायीहरूलाई सहज रूपले नै मोबाइल फोनबाट भुक्तानी प्राप्त गर्न सकिने सुविधा क्युआर कोड सुविधा प्रदान गरी सहज भुक्तानीको विकल्प ल्याएको छ ।

Advertisement

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा मुख्य अतिथि चिरिबाबु महर्जनबाट क्युआर कोड हस्तान्तरण गरिएको थियो ।

नगद वा कार्डको विकल्पमा आफ्नो मोबाइल फोनबाट भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्द्धन गर्दै कुमारी बैंकले आफ्ना ग्राहकहरूका लागि “कुमारी स्मार्ट” नामको मोबाइल एप्स पनि ल्याएको छ । यो एपबाट क्युआर कोड स्क्यान गरी सुरक्षित र सजिलो भुक्तानी गर्न सकिन्छ ।

यस्तो सेवाको प्रयोग गर्दा कुनै पनि थप शुल्क नलाग्ने हुनाले यो विकल्प नवीन र सहज रहेको बैंकले जनाएको छ । यसका साथै कुमारी बैंकको क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या सात हजारभन्दा बढी पुगेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।