May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

डिजिटल बैंकिङ: अब अनलाइनबाटै दैनिक २० लाखसम्म कारोबार गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको कारोबार सीमा बढाएको छ ।

Advertisement

राष्ट्र बैंकका अनुसार अब मोबाइल बैंकिङ कारोबार दैनिक २ लाख रुयैयाँ सम्म गर्न सकिने छ भने इन्टरनेट बेंकिङ कारोबार दैनिक २० लाख सम्म गर्न सकिने छ ।

पछिल्लो समय डिजिटल बैंकिङका प्रयोगकर्ताहरु बढ्दै गएका छन् । डिजिटल बैंकिङ प्रयोगकर्ताहरु बढेसँगै राष्ट्र बैंकले यसको सुविधा बढाउँदै लगेको छ ।

डिजिटल बैंकिङले मोबाइल वालेटमै सिंगो बैंकलाई क्याप्चर गर्दै लगेको छ भने क्यासलेस कारोबार पनि बढ्दै गएको छ ।