May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

सिन्धुपाल्चोकको पहिरोमा परेर बेपत्ता भएका ७ जनाको शव फेला

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७नागपुचे र भीरखर्क मा खसेको पहिरोमा परेर बेपत्ता भएका ७ जनाको शव फेला परेको छ भने ज्यान गुमाएका ७ जनाकै पहिचान खुलेको छ।

ज्यानगुमाउने हरुमा ६२ वर्षीया भक्तीमाया श्रेष्ठ, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल बिक, २४ वर्षीय सन्देश बिक, ८ वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ६५ वर्षिय टासी शेर्पा छन्।पहिरोमा परेर अन्य २४ जना बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।

पहिरोले ३० वटा घरमा पुर्ण क्षति पुगेको छ। २२२ घर जोखिममा परेका छन्।नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्धार तथा खोजीकार्य जारी राखेको बतायियको छ।

Advertisement