May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: #corona in nepal

आज १२०४ कोरोना संक्रमित थपिए

आज १२०४ कोरोना संक्रमित थपिए

असोज ३ । आज नेपालमा कोरोना भाइरसका १२ सय ४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । त्यसैगरी आजसम्म ४५ हजार २ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।

चितवन र बुटवलमा गरी थप दुई जना संक्रमितको मृत्यु

चितवन र बुटवलमा गरी थप दुई जना संक्रमितको मृत्यु

असोज ३ । चितवन र बुटवलमा एक एक जना गरी दुइजना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटको चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिलाको र बुटवल उपमहानगरपालिका वडा नं. १० का ६९ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको बताइएको छ ।

महिलाको विहान ५ बजे मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिएका छन् भने बुटवल उपमहानगरपालिका वडा नं. १० का ६९ वर्षीय पुरुषको आज बिहान १ बजे मृत्यु भएको कोरोना विशेष अस्थायी अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभएको हो ।

  • भक्तपुरका एक संक्रमितको मृत्यु

    भक्तपुरका एक संक्रमितको मृत्यु

    असोज २ । भक्तपुर मध्यपुर थिमि नगरपालिका–५ का ७४ वर्षीय कोरोना संक्रमित पुरुषको वीर अस्पतालमा मृत्यु भएको छ । उनलाई ७ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भइ होम आइसोलेसनमा रहँदा श्वासप्रश्वासमा समस्या भएपछि तीन दिनअघि वीर अस्पताल लगिएको थियो ।...

  • संक्रमणबाट आज ७ जनाको मृत्यु

    संक्रमणबाट आज ७ जनाको मृत्यु

    असोज २ । नेपालमा कोरोना संक्रमणबाट आज ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको समेत गरी हालसम्म मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

  • उपत्यकामा थप ८५९ जनामा कोरोना पुष्टि

    उपत्यकामा थप ८५९ जनामा कोरोना पुष्टि

    असोज २ । आजै मात्र उपत्यकामा थप ८५९ जना कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ गरी ८५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

  • आज एकैदिन २०२० जनामा कोरोना संक्रमण

    आज एकैदिन २०२० जनामा कोरोना संक्रमण

    असोज २ । आज एकैदिन थप २ हजार २० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६१ हजार ५ सय ९३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ४ सय ५८ नमुना...

  • शङ्कास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता गर्न माग

    शङ्कास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता गर्न माग

    असोज २ । नेपाली कांग्रेसले शङ्कास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत शङ्कास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु झनै जरुरी रहेको जनाउँदै आफ्नो परिवारको...

  • एक युवाद्वारा क्वारेन्टिनमै आत्महत्या

    एक युवाद्वारा क्वारेन्टिनमै आत्महत्या

    असोज १ । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनमा बसेका एक युवाले आत्महत्या गरेका प्रहरीले जनाएको छ । देवदह नगरपालिका–४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टिनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेको हो । ती व्यक्ती भदौ १७ गते भारतबाट आइ...

  • आज संक्रमणबाट थप ४ जनाको मृत्यु

    आज संक्रमणबाट थप ४ जनाको मृत्यु

    असोज १ । कोरोना भाइरसको संक्रमणबाट आज थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार जना कोरोना संक्रमितको मृत्यु भएको हो । हिजो देशभर संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो भने...