May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: #corona in nepal

आज संक्रमणबाट १६ जनाको मृत्यु, उपत्यकामा मात्रै ६ जना

आज संक्रमणबाट १६ जनाको मृत्यु, उपत्यकामा मात्रै ६ जना

असोज ५ । आज नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा १३ पुरुष र ३ महिला छन् ।

आजको संख्या सँगै देशमा कुल मृतक संख्या ४ सय २७ पुगेको छ । यो कुल संक्रमितमध्ये मृत्युको प्रतिशत ०.७ प्रतिशत हो भने उपत्यकामा मात्रै आज मृत्यु हुने संख्या ६ जना रहेको छ ।

थिमिको प्रहरी वृत्तमा ६३ प्रहरी सङ्क्रमित

थिमिको प्रहरी वृत्तमा ६३ प्रहरी सङ्क्रमित

असोज ५ । महानगरीय प्रहरी वृत्त थिमीमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित बनेको छ । वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएपछि काम कारवाही प्रभावित बनेको महानरीय प्रहरी वृत्त थिमीका प्रमुख ऋषिराम कँडेलले बताउनुभयो ।

प्रहरी धेरै संख्यामा सङ्क्रमित भएपछि वृत्तमा मुद्दा फाँटको मात्रै काम भइरहेको जानकारी दिँदै उहाँले कोरोना सङ्क्रमण नदेखिएका प्रहरीलाई मोबाइल गस्तीमा पठाइएको र केही प्रहरीमात्रै कार्यालयमा कार्यरत हुँदा काम प्रभावित भईरहेको भन्नुभयो । अत्याश्यक बाहेक थिमि प्रहरी वृत्तमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको बताउँदै वृत्तका प्रमुख कँडेलले सङ्क्रमित प्रहरीलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा र दुई जनालाई भने बोडेको आइसोलेसनमा राखिएको बताउनुभएको छ । यो समाचार आजको गोरखापत्रमा छ ।

  • उपत्यकामा आज थप ७६७ जनामा संक्रमण

    उपत्यकामा आज थप ७६७ जनामा संक्रमण

    असोज ४ । उपत्यकामा आज थप ७६७ जना कोरोना भाइरस पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार काठमाडौँमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ गरी ७६७ जनामा संक्रमण पुष्टि भएको हो ।

  • आज १३२५ संक्रमित थपिए, कुल संख्या ६४ हजार नाघ्यो

    आज १३२५ संक्रमित थपिए, कुल संख्या ६४ हजार नाघ्यो

    असोज ४ । आज नेपालमा कोरोना भाइरसका १३ सय २५ जना संक्रमित थपिएका छन् । योसँगै जम्मा संक्रमितको सख्या ६४ हजार १ सय २२ पुगेको छ । यसैगरी हालसम्म ४६ हजार २ सय ३३ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या...

  • २४ घन्टाभित्र संक्रमणबाट थप १० जनाको मृत्यु

    २४ घन्टाभित्र संक्रमणबाट थप १० जनाको मृत्यु

    असोज ४ । नेपालमा बितेको २४ घन्टाभित्र कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरुमा ६ महिला र ४ पुरुष छन् भने हलसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको...

  • रुपन्देहीका सबै क्वारेन्टाइन हटाइयो

    रुपन्देहीका सबै क्वारेन्टाइन हटाइयो

    असोज ४ । रुपन्देहीको कञ्चन गाउँपालिकामा बनाइएका सबै क्वारेन्टाइन हटाइएका छन् । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनीकारण तथा रोकथाम गर्न गाउँपालिकाको ब्यवस्थापनमा गत चैत १४ गतेदेखि पाँच स्थानमा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको थियो संक्रमणका कारण बैदेशिक रोजगार...

  • उपत्यकामा ५ समेत गरी आज ११ जना संक्रमितको मृत्यु

    उपत्यकामा ५ समेत गरी आज ११ जना संक्रमितको मृत्यु

    असोज ३ । आज नेपालमा ११ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र चार जना पुरुष रहेका छन् । जसमा मोरङकी ६५ वर्षीया महिला, रौतहटकी ५१ वर्षकी महिला, सर्लाहीकी ५६ वर्षीया महिला, ललितपुरका ७६ र ६८...

  • उपत्यकाका ६०० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित

    उपत्यकाका ६०० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित

    असोज ३ । पछिल्ला दिन एता कोरोना भाईरस सङ्क्रमण स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा सङ्क्रमित बढिरहेको देखिन थालेको छ । सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिन थालेको छ ।...

  • उपत्यकामा आज ७११ जना संक्रमित थपिए

    उपत्यकामा आज ७११ जना संक्रमित थपिए

    असोज ३ । आज काठमाडौं उपत्यकामा एकै दिन ७ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । मुलुकभर १२ सय ४ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै ७ सय ११ जना थपिएसँगै जोखिम बढेको देखिन्छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार...