May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

राखेपद्वारा सदस्य सचिवका लागि दरखास्त आह्वान

राष्ट्रिय खेलकुद परिषदले (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

Advertisement

यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले गत कात्तिक १ गते रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि राखेपको सदस्य सचिव पद खाली भएको हो । सिलवाललाई बर्खास्त गरेपछि मन्त्रालयले सदस्य सचिव सिफारिसका लागि समिति गठन गरेको थियो ।