May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

ओलीले गरे वैशाख २३ वा २९ मा आम चुनाव गर्ने प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ वा २९ मा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

Advertisement

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले वैशाख २३ वा २९ मा चुनावको प्रस्ताव राखेको स्रोतले जनाएको छ । मन्त्रिपरिषदको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न भने बाँकी छ ।

प्रधानमन्त्री ओली भने राष्ट्रपतिलाई सिफारिस बुझाएर केहीबेर छलफल गरी शितलनिवासबाट बाहिरिइसकेका छन् । राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसका विषयमा आउन सक्ने सम्भावित संवैधानिक जटिलताका विषयमा कानुनी विज्ञसँग छलफल गर्नको लागि केही समय लिएको हुन सक्ने अनुमान गरिएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।सद विघटनको मन्त्रिरपरिषदको सिफारिस लिएर राष्ट्रपति कार्यालय शितल निवास पुगेका उनको प्रस्तावलाई राष्ट्रपति विद्यादेवि भण्डारीले भने अनुमोदन गरेकी छैनन् । सो प्रस्ताव राखेर प्रधानमन्त्री ओली शीतलनिवासबाट फर्किएका छन् ।

संसद विघटनको सिफारिस रोकिँदैन-राष्ट्रपति सल्लाहकार लालबाबु यादव

राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादवले मन्त्रिपरिषदका सिफारिस राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् ।राष्ट्रपतिलाई संविधानले दायाँबायाँ गर्ने अधिकार नै नदिएको उनले बताए । सरकारले सिफारिस गरेको पछिल्लो निर्णयलाई अब संविधानको धारा ६३ बमोजिम अघि बढाउने उनले बताए ।