May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

संसद विघटन गर्ने प्रस्तावको कांग्रेसले शसक्त प्रतिवाद:प्रवक्ता विश्वप्रकाश शर्मा

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने प्रस्तावको शसक्त प्रतिवाद गर्ने जनाएको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत धाराण व्यक्त प्रधानमन्त्री ओलीको अधिनायक बन्ने आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याउने बताएका छन्।उनले जनताको कोरोनाको महामारीमा फसेका बेला भएका सरकारी हर्कत अक्षम्य भएको समेत बताएका छन् ।

‘कोरोनाले जनता मरेका बेला रातो झण्डा फरफरउँदै जाने रहर कुनै पनि अधिनायकवाद नै हो,’ उनले भने, ‘लोकतन्त्रमा हुँदैन । कांग्रेसले यसको प्रतिरोध गर्छ ।’ शर्माले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ । संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौँ ।’ ‘अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ ! जय नेपाल !

Advertisement