May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

सबै नेपालीले कोरोनाको खोप नि:शुल्क रुपमा पाउँछन् :अर्थमन्त्री पौडेल

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीले कोरोनाको खोप नि:शुल्क रुपमा पाउने बताएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमा मन्त्री पौडेलले सबै नागरिकलाई राज्यले कोरोना खोप उपलब्ध गराउने बताएका हुन।

Advertisement

शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नयाँ कार्यसमितिसँगको भेटघाटमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। विश्व बजारमा कोरोना भाइरसको खोप उपलब्ध हुने वित्तिकै नेपालमा आयात गर्न र त्यसका लागि आवश्यक स्रोत व्यवस्थापनका लागि अर्थमन्त्रालय लागीपरेको उनको भनाइ छ। उनले नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क वितरण गरिने समेत बताएका छन्।

उनले भने, ‘हामी सबैलाई विश्वास दिलाउन चाहन्छौं कोरोनाको भ्याक्सिन ल्याउन त्यसका लागि आवश्यक स्रोत व्यवस्थपन र वितरणका लागि सरकार लागीपरेको छ।’

मन्त्री पोडेलले खोप आयात गर्दा तुलनात्मक रुपमा सस्तो दरमा भ्याक्सिन आयात गर्ने र प्राथमिकताका आधारमा सबैले पाउने गरि वितरण गरिने जानकारी दिए।खोप आयातका लागि हाल सफल भएका र अध्ययन भइरहेका मुलुकमा कूटनीतिक रुपमा कुराकानी भइरहेको र यसमा आर्थिक समस्या नहुने मन्त्री पौडेलको भनाई छ।

उनले सस्तो, गुणस्तरीय र स्वास्थ्यको मापदण्ड पूरा गरेर मात्रै आयात गरिने भन्दै भ्याक्सिन आयात गर्न कुटनीतिक निकायहरुसँग कुरा भइरहेको दावी समेत गरे।कोरोना खोप आएपछि उमेर अनुसार र आवश्वयकता अनुसार भने लगाइने उनले स्पष्ट पारे ।सरकारकाले सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्ध र अनि सबै नागरिकलाई खोप लगाउने तयारी भएको मन्त्री पौडेलले जानकारी दिए।