May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक त्यस अघी संवैधानिक परिषदको बैठक बस्ने

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन साथै उनले फेरि संवैधानिक परिषदको बैठक पनि बोलाएका छन्।

Advertisement

मन्त्रिपरिषद बैठक साँझ ६ बजे बस्ने बतायियको छ भने त्यस अघी साँझ पाँच बजेसंवैधानिक परिषद बैठक बोलाइएको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा मन्त्रालयगत एजेन्डाका विषयमा छलफल हुने बतायियको छ ।मंगलबार संवैधानिक परिषदसम्बन्धि अध्यादेश जारी गरेर बैठक राखेका प्रधानमन्त्री ओलीले बुधबार अध्यादेश फिर्ता लिने सहमति गरेका थिए।

सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश विवादमा परेपछि आजको बैठकमा सोही विषयमा छलफल हुनसक्ने बताइएको छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याएको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको थियो ।

बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको पत्र फिर्ता लिने सहमतिपछि नेकपाको स्थायी कमिटी बैठक बसेको थियो ।

बैठकले अध्यादेश फिर्ता लिने निष्कर्ष निकालेको थियो । सोही निष्कर्ष अनुसार आजको मन्त्रिपरिषद बैठकमा अध्यादेश फिर्ताका लागि प्रक्रिया अघि बढाइने नेकपाका एक नेताले बताए ।

तर प्रधानमन्त्री ओलीले बिहीबार अचानक संवैधानिक परिषद बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयले फोनमार्फत बैठक बस्ने सूचना प्रधानन्यायाधीश चेलेन्द्र शमशेर राणा, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनालाई दिएका छन्।